Rule 5
विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
विद्युत प्रसारणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–३ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत प्रसारण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–
(क) विद्युत प्रसारण लाइनको प्रारम्भिक रुट–नक्शा (प्रस्तावित मुख्य प्रसारण वैकल्पिक लाइन समेत देखिने),
(ख) प्रसारण लाइनको कुल लम्बाई, उद्देश्य र आवश्यकता,
(ग) प्रसारणको लागि प्रयोग गरिने भोल्टेजको स्तर र क्षमता,
(घ) एकमुष्ट प्रसारण गरी आपूर्ति गर्ने भएमा विद्युतको अधिकतम लोड तथा ग्राहकको किसिम,
(ङ) प्रसारण लाइन सम्पन्न गर्न लाग्ने अनुमानित लागत र कुल अवधि (सर्वेक्षण र निर्माण समेत),
(च) अन्य आवश्यक कुराहरु ।